काठमाडौं - सेयर कारोबार सुरु भएसँगै एभरेष्ट बैंकको सेयरमा खरिद चाप देखिएको छ ।
आइतबार कारोबार समयदेखि नै बैंकको सेयरमा लगानीकर्ताको चाप देखिएको हो ।
बैंकको सेयरमा खरिद चाप उच्च हुँदा सेयरमूल्य समेत बढेको छ।
बैंकको सेयरमा ८९ हजार ५७२ रुपैयाँको सेयर खरिद माग पर्दा १३ हजार ५०९ रुपैयाँको बिक्री आदेश देखिएको छ ।
बैंकको प्रतिकित्ता सेयरमूल्य ५४४ रुपैयाँ रहेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १४:२२