काठमाडौं– वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । पर्खाल आज आइतबार दिउँसो खसेको हो ।
प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष छन् भने घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १५:२७