काठमाडौं– साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक १९.११ अंकले घटेको छ। आज नेप्से १.०१ प्रतिशतले घटेर १८७०.६५ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँ पुगेको छ।
यस दिन २७१ वटा धितोपत्रको ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच भएको हो। आइतबार एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ मूल्य सर्वाधिक ३.३३ प्रतिशतले बढेको छ। यस दिन उक्त योजनाको इकाइ मूल्य ८ रुपैयाँ ६ पैसा पुगेको छ।
आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ४०५ रुपैयाँमा ४ करोड २५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.६४ प्रतिशत घटेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेकोे छ। उक्त कम्पनीको १८२ रुपैयाँ ९० पैसामा ३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १५:४७