काठमाडौं– सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्यालले सङ्गठनमा राजनीतिक हस्तक्षेप नभएको बताएका छन् । आज सोमबार सशस्त्र प्रहरी मुख्यलयामा आयोजना गरिएको पत्रकार समेलनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक हस्तक्षेप नभएको बताएका हुन् ।
अर्याले भने, क्षमता र योगेताका आधारमा सरुवा, बढुवा गरेका छौँ । सशस्त्र प्रहरी नियमावली र कार्यविधि अनुसार नै सरुवा र बढुवा गरेका हौँ उनले भने ।
आईजीपि अर्यालले सिमानामा बिओपीको सड्ख्या थप्ने पनि बताए । थोरै जनशक्तिको बावजुद पनि सिमानामा बिओपीको सङ्ख्या थप गर्नेछौँ उनले भने । अहिले बोर्डर आउट पोस्ट समेत थपेको जानकारी दिदैँ सीमा सुरक्षा चौकीहरु थप गने योजना रहेको जानकारी दिए।
सशस्त्र प्रहरीको संरचनागत कार्यहरु अन्र्तगत पछिल्लो समय झापा, बारा, दाङ, बर्दिया र दार्चुला लगायतका जिल्लाहरुमा २१ वटा बिओपीको स्थापना भएको छ। यससँगै बिओपीको सङ्ख्या २ सय २९ पुगेको सशस्त्र प्रहरी प्रधान कार्यलयले जनकारी दिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १५:३०