काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागि हुने कि नहुनेबारे शुक्रबार मात्र निर्णय लिने भएको छ ।
उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा जानेनजानेबारे छलफलमा शुक्रबार मात्र निर्णय लिने बताइएकाे छ ।
सरकारमा जाने नजानेबारे केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए । एक केन्द्रीय सदस्यका अनुसार अधिकांशले सरकारमा गएर काम गर्न सक्ने वातावरण नभएसम्म जान नहुने बताएका स्राेतले बताएकाे छ ।
पार्टीको एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समावेश हुन्छ भने जान पनि सकिने उनीहरुको जोड रहेकाे बताइएकाे छ ।
सोमबार नै संसदीय दलको बैठक भएकाले थप छलफल गरेर शुक्रबार निर्णय लिने कुराकानी भएको जनाइएकाे
छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १७:०६