काठमाडौं– बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउस बिच बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरूले आफ्नो खातालाई कनेक्ट आइपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा रु १०० (अक्षरूपी रूपैया एक सय मात्र) ग्राहक महानुभावको खातामा उपलब्ध गराउने सहमती भएको छ । बैंकका ग्राहकले कनेक्ट आइपीएसमा खाता पहिलोपटक लिंक गरी बैंकबाट प्रमाणित भएपछि खातामा १०० रूपैयाँ जम्मा हुनेछ । त्यसपछि घरमै बसेर आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरूको सजिलै उपयोग गर्न सकिने पनि बैंकले जनाएको छ ।