काठमाडौं– कामना सेवा विकास बैंकले पोखरा महानगरपाविलका वडा नं. १९ पुरुन्चौरस्थित शाखा कार्यालयमार्फत् लामाचौर बगंैचास्थित अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरूप रु १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका– १९ का वडा अध्यक्ष शोभा मोहन पौडेल तथा कामना सेवाविकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए ।
बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राखेका थिए भने वडाध्यक्ष पौडेल, जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशीराज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सराहनियकार्य गरेकोले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा पोखरा महानगरपालिका – १९ का सदस्य कृष्ण प्रसाद गौतम, अकला आधारभुत विद्यालय र अकला आमा समुहका अध्यक्ष पार्वती काफ्ले, अकला आधारभुत विद्यालयका प्रधानाध्यापक सिता काफ्ले, अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर पुजारी ज्योतिष लक्ष्मण पौडेललगायतको उपस्थिति रहेको जनाइएको छ ।