काठमाडौ – वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ । एक कार्यक्रमकाबीच महेन्द्र कुमार लामालाई माघ ५ गते विजेता घोषणा गरि रु १० लाख प्रदान गरिएको छ । यो प्रबद्र्धन दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो जहाँ ग्राहकहरूले हरेक हप्ता आफुले प्राप्त गरेको रकमको दोब्बर (बढिमा रु ५०,००० सम्म) जित्ने अवसर पाएका थिए । प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरू (साप्ताहिक विजेता कारोबार बाहेक) लाई स्वाचालित रूपमा बम्पर लक्की ड्र मा समावेश गरिएको थियो । यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरूले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।