काठमाडौं– यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि हात पारेको छ ।
यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।
यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि गुल्सान झाले अविजित ६७ रन र भीम सार्की ३६ रनमा नटआउट रहे ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० ११:५४