विराटनगर– महालक्ष्मी विकास बैंक लि.को विराटनगर शाखाले सुगन्ध थालासेमिया प्रोजेक्टलाई सहयोग गरेको छ । थालासेमिया रोगबाट ग्रसित बालबालिकाको लागि स्वाथ्यउपचारका लागि स्थापित उक्त संस्थालाई बैंकले रु.२५००००।– (दुई लाख पचास हजार) रूपैयाँ सहयोग गरेको छ । विश्व क्यान्सरदिवसका अवसरमा बैंकका शाखा प्रबन्धक भरत खतिवडाले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको उपस्थितिमा उक्त रकमबराबरको चेक हस्तान्तरण गरे । बैंकले हाल १०२ वटा शाखा तथा ३५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।