काठमाडौं– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्य संचालनको पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा संचालन गरिसकेको छ । त्यसैगरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७,३२३ अभिकर्ताहरू यस कम्पनीमा कार्यरत रहेको बताइयो । कम्पनीले २०७६ आषाढ मसान्त सम्म रु ११ करोड १३ लाख र २०७६ पौष मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ । एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ । जुन सबै जीवन बीमा कम्पनीहरूमा उत्कृष्ट रहेको छ । कम्पनीले आ.व. २०७६÷०७७ को अन्त सम्ममा थप २५ वटा शाखा र उपशाखा सञ्चालन गरी प्रथम बीमा शुल्क संकलनमा अरब क्लबमा पुग्ने लक्ष्य लिएको जनाइएको छ ।