तनहुँ– तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् । दुवैजना यही वैशाख ३ गतेदेखि बेखबर छन् ।
माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताए । “आमाछोराको खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ”, उनले भने।
भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर पाएलगत्तै नेपाल फर्किएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १५:१७