काठमाडाैं - नेपालीकाे वार्षीक प्रतिव्यक्ति आय १४ सय १० डलर मात्र पुगेकाे छ ।
राष्ट्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिव्यक्ति आय १४ सय १० डलर पुगेको हाे।
यो तथ्यांक एक अधिकतम धेरै कमाउने र सबैभन्दा न्यून कमाउने बीचको औषत आय हो।
नेपालीको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा ३ डलर मात्रै बढेको छ। अघिल्लो वर्ष १४ सय ७ डलर थियो।
आर्थिक वर्ष २०७७/७८ मा १२ सय ८४ डलर रहेको प्रतिव्यक्ति आय गत वर्ष १ सय २३ डलरले बढेको थियो।
डलरको मूल्यलाई आधार मान्दा एक नेपालीको प्रतिव्यक्ति आय एक लाख ८४ हजार ७ सय १० रूपैयाँ हुन्छ।
यो तथ्यांक एक अधिकतम धेरै कमाउने र सबैभन्दा न्यून कमाउने बीचको औषत आय हो।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १९:५५