काठमाडाैं - सिद्घार्थ बैंक लिमिटेडले २०८० वैशाख १७ गते आइतबार गोदावरी नगरपालिका, कैलाली स्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले गोदावरी नगरपालिका, कैलाली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त एक्स्टेन्सन् काउन्टर विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९५ (५ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।
सजिलो बैंकिङ सेवा ९शाखारहित बैंकिङ्ग०, एटिएम, पि ओ एस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको EasyBank Portal (
https://easybank.siddharthabank.com/) मार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको ग्लय क्रेडिट कार्ड जस्ता सेवा मार्फत बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकका ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको बैंकले जनाएकाे छ ।