काठमाडाैं - कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
मनकामना अस्पतालले प्रदान गर्ने सेवाहरु दिन कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको हाे ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पि.डि. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायत एन.आई.सि.यु., एच.डि.यु.नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएकाे छ ।
अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २०% सम्मको र बैंकका ग्राहक महानुभावहरुले १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १५:१२