काठमाडौं– आज बिहीबार नेप्से सूचक १२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १२.७३ अंकले बढ्दै १८ सय ६९.७३ अंकको विन्दुमा उक्लिएको हो ।
यद्यपि, नेप्से सूचक बढ्दै गर्दा यता कारोबार भने बढ्न सकेन । १२ अंकमाथिले नेप्से बढेको यस दिन जम्मा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता बराबरको मात्र सेयर कारोबार भएको छ ।
आज १३ वटा उपसूचक नै धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । आज नबिल ग्रोथ फन्ड र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.८६ प्रतिशत र ९.१६ प्रतिशतले बढेका छन् भने एनएमबी डी८७/८८ डिभेन्चर फन्डको मूल्य ५.८५ प्रतिशतले घट्न पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १५:५४