काठमाडौं(प्रस)– होटल संघ नेपालले ३० दिनभित्र आफ्ना कामदार तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन सम्पूर्ण होटल व्यवसायीलाई निर्देशन दिएको छ ।
संघको कार्यसमिति बैठकले संघमा आबद्ध होटललाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने निर्णय गरेको महासचिव साजन शाक्यले जानकारी दिएका हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६ ०८:००