काठमाडाैं - समृद्धि फाइनान्सद्वारा २५६७ औं बुद्ध जयन्ती तथा उभौलीको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेकाे छ ।
समृद्धि फाइनान्सले बैसाख २२ गते २५६७ औं बुद्ध जयन्तीको अवसरमा बुटबल शाखा कार्यालयबाट बुटबल स्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस वितरण कार्यक्रम सम्पन्न गरेको हाे ।
[caption id="attachment_63424" align="alignleft" width="344"]
.[/caption]
यसका साथै फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङबो मार्फत खाद्यान्न वितरण गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएकाे छ ।
आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा ९ प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।