काठमाडाैं - नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए ।
उनले भने, “हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।” पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।
उनले भने “अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।” उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनको अनुमान छ । अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १६:१४