नेपालगन्ज/साउन ३१ गते । हरेक बर्ष अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने बास/ब्राईटल्याण्ड युवा पुरस्कार सिर्जनशिल युवा हेमन्तराज काफ्लेलाई प्रदान गरिएको छ ।
१७ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बास नेपालगन्ज र ब्राईटल्याण्ड स्कुलको संयुक्त आयोजना तथा नेपालगन्ज युथ सेन्टरको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले काफ्लेलाई दोसल्ला, सम्मान पत्र, ट्रफि र नगद रु. १२ हजार सहित सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले जिल्लामा उत्कृष्ट कार्य गर्ने युवालाई सम्मान गर्ने यस्तो कार्यक्रमले युवाहरुमा सकारात्मक सन्देश जाने बताए ।
उनले भ्रष्टाचारी जेलबाट निस्किदा फूलमाला लगाउन पछि नपर्ने युवाहरुलाई यस्ता कार्यक्रमले निरुत्साहित गर्ने उनको भनाई थियो । उनले युवा सशक्तिकरण र सुशासन प्रबद्र्धनका लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा बोल्दै जिल्ला युवा समितिका प्रमुख राम शुरेस यादबले युवाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा स्थापित हुन सफल बासले युवाहरुलाई सकारात्मक सोच दिएको बताए । कार्यक्रममा गैर सरकारी संस्था महासंघकी केन्द्रीय सदस्य नेत्रकला शाही, बासका सल्लाहकार
रुद्र प्रशाद तिमिल्सिना, स्थानीय शान्ति समितिका पूर्ब संयोजक तेज बिक्रम शाह, यूएनडिपीका प्रमुख सतिस पाण्डे, जिल्ला युवा क्लब संजाल बाँकेका अध्यक्ष आशिष बर्मा, प्याब्सन बाँकेका पूर्व अध्यक्ष खड्ग बहादुर बोहरा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
सम्मान ग्रहण पछि बोल्दै सम्मानित युवा काफ्लेले निश्वार्थ रुपमा गरेको कार्यको प्रतिफल हासिल भएको प्रतिकृया दिए । उनले बासले दिएको सम्मानले सामाजिक कार्य गर्न थप होसला प्रदान गरेको बताए ।
कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले युवा पुरस्कारको बारेमा जानकारी तथा युवा पुरस्कार २०१७ को घोषणा गरेका थिए । बासका उपनिर्देशक हेमराज भट्टले संचालन गरेको कार्यक्रममा स्वागत तथा उद्धेश्य माथि प्रकाश बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । सम्मान पूर्ब सम्मानित युवा हेमन्तराज काफ्लेले सामाजिक क्षेत्रमा गरेका कार्यहरु सहितको श्रब्य दृष्य प्रश्तुत गरिएको थियो । कार्यक्रममा ८० बढीको सहभागीता रहेको थियो । २०११ देखि शुरु भएको पुरस्कार बितरण कार्यक्रम शुरु गरिएको थियो । २०११ मा खेलाडी बिनु बुढा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रशान्त के.सी., २०१४ मा सृजनशिल युवा किशोर मल्ल, २०१५ मा कलाकार राज बहादुर साने र २०१६ मा मुस्लिम युवा शबनम परबिनलाई उक्त पुरस्कारबाट सम्मान प्रदान गरिएको थियो ।