काठमाडौं– काठमाडौंका लागि भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो ।
तर, उडेको १७ मिनेटपछि नै विमानमा प्राविधिक समस्या देखिए पुनः गौतवुद्ध विमानस्थलमा नै अवतरण गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । विमान ९ः ५७ बजे ल्यान्ड भएको हो ।
‘उडानको करिब १७ मिनेटपछि विमानमा इन्जिनियरिङ समस्या देखिएको जानकारी प्राप्त भएको छ । भएको के हो अहिले प्राविधिक टोलीले चेकजाँच गर्दैछ । एकिन भइसकेको छैन’ प्रवक्ता मानन्धरले भने ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० ११:०७