काठमाडौं– एनआईसी एसिया लिमिटेडले ललितपुर जिल्ला अदालत परिसरमा आङ्खनो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको ललितपुर जिल्ला अदालतका माननीय मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका थिए । मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका माननीय न्यायाधीश एवं पदाधिकारीहरू तथा बैंकका उच्च पदस्थ पदाधिकारीको उपस्थिती थियो । उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने र यस बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पुर्याउने बैंकको अथक यात्रा जारी रहेको जानकारी गराए । बैंकले यस सँगै ३१३ शाखा कार्यालयहरू, ४४२ एटिएम, १०९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको जनाएको छ ।