काठमाडौं–सन्राइज बैंक लिमिटेडले चितवनको खैरहनी नगरपालिका–१३, गवैमा आप्mनो ४८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उप–प्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उद्घाटन भएको थियो कार्यक्रममा उप–प्रमुख थपलियाले बैंकिङ्ग सेवाका प्रतिनिधि ध्र्रुर्व कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ्ग सेवा संचालन गरेकी थिइन् । बैंकले हाल १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत बैकिङ सेवा दिँदै आएको जनाएको छ ।