काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एल्लो प्यागोडा होटेल प्रा. लि. सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको डेविट÷क्रेडिट÷प्रिभिलेज कार्ड प्रयोग गरेर होटलमा भुक्तानी गर्दा छुट पाउने जनाइएको छ । काठमाडौं तथा पोखरास्थित शाखाहरूमा सेवा लिँदा विशेष छुट पाउने उक्त सम्झौतापछि जानकारी दिइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।