सिरहा– कर्जन्हा नगरपालिका– १० परियागपुर बस्ने अमिन शेखको छोरा २ वर्षीय रेहाज शेखको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० ११:४०