बङ्गलादेश–बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन् ।
रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको सो डुङ्गा दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको यस डुङ्गामा १३० व्यक्ति सवार रहेका जनाइएको छ । बङ्गालको खाडी पार गरेर मलेसियातर्फ गइरहेको सो डुङ्गा दुर्घटना भएको तटीय गार्डका प्रवक्ता हमीदुल इस्लामले एएफपी समाचार समितिलाई बताएको छ । (रासस÷एएफपी)
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६ ०७:४०