रुपन्देही /बास रुपन्देशी शाखाले तीजको दरखाने कार्यक्रम एक बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुसँग मनाएको छ ।
बास रुपन्देही शाखाका पदाधीकारीहरुले नगद संकलन गरि श्री सत्यसाई बृद्धाश्रममा दर तथा नाचगान सहित सो कार्यक्रम मनाएको हो । कृष्ण जन्माष्टमीको दिन सो बृद्धाश्रममा रहेका १९ जना जेष्ठ नागरिकहरुसँग उनीहरुले सो खुसियाली साटासाट गरेको बास रुपन्देही शाखाकी अध्यक्ष बिजया खत्रीेले बताईन् । कृष्णजन्माष्टमीका दिन बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई एक्लो महशुस नहोस भन्ने उद्धेश्यले तीजको अवसरमा दरखाने कार्यक्रमका लागि बृद्धाश्रम रोजेको उनले बताईन् । दरका लागि आवश्यक पर्ने खाद्यान्न सामाग्री, ग्यासचुलो , फलफूल लगायतका सम्पूर्ण सामाग्रीहरुका लागि पदाधीकारीहरुले नगद संकलन गरि खरिद गरेको उनले बताईन् । कृष्णजन्माष्टमीको दिन बृद्धाश्रममा यसरी खानपीन र नाचगान गरी मनाउदा त्यहा रहेका बृद्ध बृद्धाहरुले निकै खुसी महशुस गरेको बृद्धाश्रममा एक कर्मचारीले बताए । बास शाखाका पदाधीकारीहरु सँगै खाना खाएपछि सँग सँगै उनीहरु पनि नाचेका थिए । घर परिवारमै बसेको महशुस भएको एक जेष्ठ नागरिकले अनुभव सुनाए । सो कार्यक्रममा बास रुपन्देही शाखाकी अध्यक्ष बिजया खत्री, सचिब श्री क्षेत्री, सह सचिब बिरेन्द्र गुप्ता, सदस्यहरु दिक्षा बोहरा, रिता बिश्वकर्मा लगायतको सहभागीता रहेको थियो । पर्बहरुको अवसरमा विभिन्न नाउमा फजुल खर्चगर्ने परिपाटीलाई त्याही यस्ता मानविय कार्यहरुको सबैले अनुसरण गर्न जरुरी छ ।