काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच सिंहदरबारमा छलफलमा बसेका हुन् ।
‘यो बैठक हिजोकै छलफलको निरन्तरता हो, उहाँहरुबीच टीआरसीबारे छलफल गर्ने भन्ने छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । मंगलबार पनि शीर्ष नेताहरुको छलफल चलेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १४:५२