रामेछाप– रामेछामन्थली नगरपालिका–४ सालु गैराथोक बस्ने भक्त बहादुर बलमपाखिकी छोरी १० वर्षीया महन कुमारी बलमपाखीको सोही ठाउँस्थित पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
पोखरीमा डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल मन्थलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ११:४६