काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुकेश कायस्थको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।
काभ्रेपलाञ्चोकको बनेपामा जनआन्दोलन २०६२/०६३ का क्रममा सुरक्षाकर्मीको गोली लागी घाइते बनेका बनेपा नगरपालिका–८ का मुकेश कायस्थको हिजो साँझ निधन भएको हो ।
सो आन्दोलनमा घाइते हुँदा कायस्थ १४ बर्षको थिए । कायष्थ १८ वर्षदेखि अर्धचेत अवस्थामा उपचाररत थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० १४:२२