काठमाडौं– ज्योति विकास बैंकले बिहीबार काठमाडौंको गोकर्णमा १२०औं शाखाको औपचारिक उद्धघाटन गरेको छ । ग्राहकवर्गहरु समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ४, काठमाडौंस्थित गोकर्ण शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका संचालक राम कुमार श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरेको थियो ।
शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० १४:३५