बर्लिन - पश्चिमी जर्मनीको एक फ्ल्याटमा बिहीबार भएको विस्फोटनमा परी १२ जना आपतकालीन सेवाका कर्मचारी घाइते भएका छन् । उत्तरी राइन–वेस्टफालिया राज्यको रेटिङेनमा रहेको अग्लो भवनको अपार्टमेन्टभित्र विस्फोट भएको प्रहरीले ट्वीटरमार्फत जानकारी दिएको छ ।
नर्थ राइन वेस्टफालियाका आन्तरिक मामिलामन्त्री हर्बर्ट रेउलले १० जना अग्निनियन्त्रक र दुई जना प्रहरी अधिकारी घाइते भएको बताएका छन् ।विस्फोट भएको फ्ल्याटबाट ५७ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको र शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान एक व्यक्तिले आपतकालीन सेवालाई घटनास्थलमा बोलाएका थिए । उनीहरु आइपुगेपछि विस्फोट भएको थियो । प्रहरीले ट्वीटरमा घटनास्थलमा ‘ठूलो अपरेशन’ भएको उल्लेख गरेको छ । बिल्ड दैनिकका अनुसार उक्त शव संदिग्धकी आमाको रहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १०:०४