काठमाडाैं - नेपाल राष्ट्र बैंक लघुवित्त वित्तीय संस्थाका ऋणीलाई पनि राहत पुग्ने गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ।
केन्द्रिय बैंकले समीक्षामार्फत लघुवित्तका कर्जाको २०८० असार मशान्तसम्म पुनरसंरचना-पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हाे ।
बैंक लघुवित्त वित्तीय संस्थाका ऋणीलाई केहि राहत पुग्ने भएकाे छ।
"वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना-पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ," मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १२:४८