काठमाडौं– नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझी खोज्न नेपाल प्रहरीले संसद सचिवालयबाट सिसिटिभी फुटेज लगेको छ ।
रायमाझी खोज्न सहयोगका लागि सीआइवीले संसद सचिवालयलाई पत्र लेख्दै सहयोग मागेको थियो ।
संसद सचिवालयबाट सीआईबीले आज सीसीटिभी फुटेज लगेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका हुन् ।
प्रहरीले खोजी गरिरहेको अवस्थामा रायमाझीको पत्र संसद सचिवालयमा आएपछि नेपाल प्रहरीको अनुसन्धान ब्युरो सीआइबीले सचिवालयलाई सहयोगका लागि अनुरोधसहितको पत्र पठाएको थियो ।
सोही पत्र बमोजिम सीआइबीले सभामुखको कार्यकक्ष आसपासको सीसीटीभी नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार रायमाझीको पत्र बोकेर आउने मानिसको पहिचानका लागि उक्त सीसीटिभी सीआइबीले लगेको हो ।