काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र आर बि डायग्नोस्टिक प्रा.लि. बीच ग्राहकहरूलाई विशेष छुट दिनेमा समझदारी भएकाे छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंस्थित ज्ञानेश्वरमा आर बि डायग्नोस्टिक प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भई समझदारीपत्रमा हस्ताक्षर गरेको हाे ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले आर बि डायग्नोस्टिमा २०% सम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जनाइएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १४:४७