दाङ– तुलसीपुर उपमहानगरपालिका– १४ गोथ्रवाबाट ग्वारखोला तर्फ जाँदै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १४ वर्षीय बिनोद चौधरीको शुक्रबार बिहान मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।