काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेश प्रस्थान गरेका छन् । ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको हो
‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नारामा हुन लागेको उक्त सम्मेलनमा उनले यही वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बङ्गलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्ने बताइएको छ । उनी वैशााख ३१ गते स्वदेश फर्कने छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १५:३६