काठमाडौं– नेकपा माओवादी केन्द्रका नेताहरु चीनको भ्रमणमा जाने भएका छन् ।
अनुभव आदान–प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो ।
आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु चीन भ्रमणमा जान लागेको स्रोतले बताए भ्रमण टोलीमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरु सहभागी हुने बताइएको छ ।
यसअघि नेकपा एमालेका नेताहरुको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ११:४३