काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको छ ।
रायमाझीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन म्याद थप गर्नका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदै छ । रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।