ललितपुर– ललितपुर महानगपालिकाले घरको गेत सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरी सडकतिर गेट खोल्ने गरेको पाइएको भन्दै महानगरपालिकाले त्यसो नगर्न निदेर्शन दिएको हो ।
महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिंड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न निर्देशन दिएको छ।
महानगरपालिकाले तोकिएको मितीसम्म यसरी गेट खोलेको पाइएमा कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० ११:१५