काठमाडौं– लामो समयदेखि औषधिसम्बन्धी अनुसन्धान र फार्मेसी विषयमा अध्यापन गर्दै आएका प्रा डा पन्ना थापा (डोल्पा) लाई विज्ञान प्रविधि सम्मान प्रदान गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण थापालाई प्रदान गरिने भएको हो ।
औषधि उत्पादन तथा वितरण, प्रविधि विकास तथा हस्तान्तरण, गुणस्तरको प्रत्याभूति एवं गुणस्तर नियन्त्रणजस्ता विषय समेटिएका थापाका अनुसन्धानात्मक लेख विभिन्न जर्नलमा प्रकाशित छन् । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहेको समितिले यो निर्णय गरेको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए। सम्मानका लागि आर्थिक व्यवस्थापन रामकृष्ण श्रेष्ठ प्रतिष्ठानले गर्ने भएको छ ।
प्रकाशनले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।