केन्या–केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सोमबार सहमत भएका छन् ।
आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी हनुसार मन्डेरा काउन्टीका सीमानाहरू आगामी ३० दिन भित्र खोलिनेछ । त्यसैगरी गारिसा काउन्टीको लिबोई र दक्षिणी सोमालियाको रास कम्बोनी अर्को ६० दिनभित्र खोलिनेछ । त्यसैगरी अन्य नाकाहरी पनि क्रमशः खोलिनेछ ।
सोमालियाका आन्तरिक सुरक्षा मन्त्री मोहम्मद अहमद शेख अलीसँग द्विपक्षीय वार्ता गरेपछि किन्डिकीले भने, ‘ हामी सोमालियामा प्रवेश गर्ने अर्को सीमाना खोल्ने सम्भावनालाई पनि पुनर्विचार गर्ने प्रक्रियामा छौं।’
केन्याले सन् २०१२ मा अल(शबाब आतङ्कवादी समूहबाट बढेको आतङ्ककारी हमलापछि सोमालियासँगको आफ्नो सीमा बन्द गरेको थियो ।
जनताको आवतजावतलाई सहज बनाउन र वस्तु तथा सेवाको व्यापार बढाउन दुवै देशबीच साझा सीमा पुनः खोल्ने सहमति भएको अलीले बताए । साझा सिमानाका आसपासका समुदायले भोग्नुपरेको चुनौती एउटै देशले सम्बोधन गर्न नसक्ने गरी जटिल रहेको पनि उनले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १२:५९