गोरखा– गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुनर्निर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि.ले सहयोग गरेको छ । मनकामना केबलकारका सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि नगद १० लाख रूपैयाँ सहयोग गरेका हुन् ।
त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालयमा गोरखा भूकम्पपछि क्षति भएको थियो । अहिले भूकम्पपछि स्थानीय र गोरखा नगरपालिकाको सहयोगमा पक्की भवन बनाउँदै गरिएको छ ।