काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहाका लागि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेको छ ।
बुधबार सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरेका छन् ।
यी माग पुरा नभए नेपाल बन्द सम्मका कार्यक्रम ल्याइने बताउँदै उनले पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने बताए ।
उनले माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १६:१८