काठमाडौं– प्रभु बैंक लि. र सिनामंगल, काठमाडौंस्थित निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन एनप्याब्सनबीच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्पmत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोतिज एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार एनप्याब्सनको आधिकारिक बैंकको रूपमा प्रभु बैंकनै रहने छ, एनप्याब्सनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्पmत् गर्नेछ भने एनप्याब्सनअन्तर्गत सदस्यता ग्रहण गरेका निजीक्षेत्रका विद्यालयले पनि आफुलाई पायक पर्ने प्रभु बैंक लि. को जुनसुकै शाखाकार्यालयमा खाता खोली विद्यार्थीहरूबाट संकलन गर्ने शैक्षिक शुल्क बैंक मार्पmत् नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् गर्न सक्नेछन् । साथै विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबी खाता पनि प्रभु बैंकमा नै खोलिनेछ । सम्झौता बमोजिम एनप्याब्सनअन्र्तगत सदस्य रहेको निजी क्षेत्रका विद्यालयहरू, शिक्षक, विद्यार्थी, कर्मचारीलगायत अभिभावकले प्रभु बैंक लि. को गुणस्तरीय बैंकिङ्ग सुविधा पाउन सक्ने जनाइएको छ ।