काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्याक्स मनि ट्रान्सफर प्रा. लि.बीच सम्झौता भएको छ । सम्झौताअनुसार मलेसियालगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालिमार्फत पठाएको विप्रेषण रकम बंैकले भुक्तानी दिने भएको छ । त्यस्तै म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरूबाट सहजरूपमा भुक्तानी पाउन सकिने पनि जानकारी दिइएको छ । बैंकले हाल ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट सेवा दिँदै आएको जनाएको छ ।