काठमाण्डौं । भाद्र २ गते ।
बासका कार्यकारी निर्देशक नमस्कार शाह राष्ट्रिय सूचना आयोगद्धारा उत्कृष्ट सूचना को हकका अभियन्ताको रुपमा नगद पुरस्कार र कदरपत्र सहित सम्मानीत भएका छन् ।
दशौं राष्ट्रिय सूचना दिवस २०७४ को सन्दर्भमा भाद्र २ गते राजधानिमा आयोजित एक भब्य कार्यक्रमका बिच शाह देशभरीबाट छनौटमा परेका ५ जना सुचना माग पक्षबाट सम्मानीत भएका हुन । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख न्यायधिस गोपाल पराजुलीले उत्कृष्ट सूचनाको हक अभियन्ताहरुलाई नगद पुरस्कार ३० हजार सहित सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले सूचनाको हक नैसर्गिक, अभिछिन्न र अकाट्य हक भएको बताए । जवाफदेहिता र पारदर्शिताका लागि सूचनाको हकको महत्व बढी रहेको उनको भनाई रहेको थियो । कार्यक्रममा संसदिय विकास समिति संयोजक रबिन्द्र अधिकारी, सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत, राष्ट्रिय सूचना आयोगका आयुक्तद्धय यसोदा देवि तिम्सीना र किरण कुमार पोख्रेल, फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल लगायतले सूचनाको हकका बिषयमा मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा देशभरिबाट सूचना माग पक्षबाट नमस्कार शाह, नेपालगन्ज बाँके, मुकेश कुमार कुशवाह, कलैया बारा, सर्फूल्लाह अन्सारी, कलैया बारा, शेर बहादुर सार्की, बुढीगंगा बाजुरा र राजु ढकाल, बर्दिबास महोत्तरी सम्मानीत भएका हुन । यसैगरी सूचना आपूर्ति पक्षबाट पदमराज पाठक, उपसचिब मुद्रण बिभाग, धिरेन्द्र भण्डारी, हुलाक अधिकृत, सल्यान, टिकाराम शर्मा, उपसचिब, कृषि विकास मन्त्रालय, प्रमोदराज रेग्मी, उपसचिब, केन्द्रिय तथ्यांक विभाग र भविश्वर पाण्डे, उपसचिब, गृह मन्त्रालय रहेका छन् । यसैगरी कार्यक्रमका बिच सूचना आयोगमा कार्यरत ३ जना उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । यसरी सम्मानीत हुनेहरुमा शाखा अधिकृतहरु बिक्रम शर्मा, सुभाष न्यौपाने र प्रमिता शर्मा रहेका छन् ।