काठमाडौं– इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४-० ले पराजित गर्दै समग्रमा ५-१ को नतिजा निकाल्दै सिटीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा फाइनलमा सिटी चेल्सीसँग पराजित भएको थियो ।
सिटीले अब उपाधिका लागि फाइनल खेल इटालियन क्लब इन्टरसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ।
रियलको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा सिटीले १–१ को बराबरी खेलेको थियो ।
सिटीले पहिलो हाफमा २३औं र ३७औं मिनेटमा गोल गर्दै २– ० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि सिटीले दुई गोल नै गर्यो । मानुएल अकान्जीले ७६औं र जुलियन अल्भारेजले खेलको इन्जुरी टाइममा गोल गरे ।
सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १०:४६