काठमाडौं– सानिमा बैंक लिमिटेडले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ । ‘बचत आफ्नो लागि सहयोग नारीको लागि’ भन्ने उद्देश्यका साथ बैंकले ल्याएको योजनामा हरेक नारी बचत खातावापत बैंकले आफ्नो तर्फबाट मासिक रूपमा रु १ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ । महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दा सो खाताबाट नारीकै हितको लागि रकमप्रयोग गरिने हुनाले हरेक नारीले सानिमा बैंकमा खाता खोल्दा अप्रत्यक्ष रूपमा अन्य विपन्न वर्गका नारीको लागि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यस सँगै प्रविधियुक्त बैंकिङ्ग तथा नगदरहित कारोबारलाई प्रोत्साहनका लागि नारी खातावाहक ग्राहकले बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिबार १५ प्रतिशत क्यासब्याक वा अधिकतम् रु ५००÷– सम्म छुट प्रदान गर्ने पनि प्रमुख निक्षेप व्यवस्थापक बिमल बास्तोलाले बताए ।