काठमाडौं–भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थी प्रकरणमा हजले समितिको गाडी प्रयोग भएको खुलासा भएको थियो ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएको छ ।
शरणार्थीको नाममा ठग्ने गिरोहलाई गृह मन्त्रालयको गाडी अध्यक्ष मियाले उपलब्ध गराएका थिए । प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका थिए ।
हज समितिको प्रयोगका लागि उपलब्ध गराएको सो जिप अध्यक्ष मियाँले गिरोहका सदस्यलाई उपलब्ध गराएको अनुसन्धानबाट खुलेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १२:४३